‘सेफ्टी प्रोटोकल’ मिचेपछि वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी कारबाहीमा

काठमाडौँ - विमानस्थलको पार्किङ क्षेत्रमा पास र र्‍याम्प ज्याकेटबिनै गएपछि नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नै ‘सेफ्टी प्रोटोकल’ उल्लंघन गरिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

विमानस्थलमा जहाज पार्किङ गरिने संवेदनशील एप्रोनलाई सुरक्षाका दृष्टिकोणले संसारभर निषेधित क्षेत्र मानिएकोले जानुपर्ने भीभीआईपी भए विमानस्थलस्थित सुरक्षाकर्मीको ‘स्कर्टिङ’ र पास घाँटीमा झुन्ड्याई चम्किलो र्‍याम्प ज्याकेट लगाउनैपर्छ । २४ फागुनमा जहाज नेपाल कार्यकारी अध्यक्ष अधिकारीले पास र र्‍याम्प ज्याकेटबिनै पार्किङ गरिएको संवेदनशील क्षेत्र एप्रोनमा गएका थिए।