लुम्बिनीका कृषिमन्त्रीले दिए राजीनामा  

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

जसपाले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेलगत्तै उनले राजीनामा दिएका हुन् । उनी जसपाका सांसद हुन् ।

विश्वासको मत लिन मुख्यमन्त्री चौधरीले आज प्रदेश सभाको बैठक डाकेका छन् । तर, विश्वासको मत नपाउने निश्चित देखेपछि उनले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने निर्णय गरेका छन् ।