रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त  

काठमाडौँ । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा। पशुपति चौधरी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई अध्यक्ष र सिरहाका वीरेन्द्रप्रसाद यादवलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।