अण्डाको समर्थन बिक्री मूल्य तोकियो, प्रतिक्रेट ३७५ पाइने

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरि अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।

संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।