ओलीको बुद्धिजीवीहरुसँग आग्रह _ ‘एमालेविरुद्ध प्रहार भइरहेको छ, भ्रम चिर्न लाग्नुहोस् ‘

काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन् ।  शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले  भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन् ।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीबीहरुले भनेको उल्लेख गदै निवार्चन परिणामले गतल साबित गरेको उनको भनाई छ ।
‘‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन् । उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो । जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस् ।’ ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए ।