विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने

काठमाण्डौँ - आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने भएको छ । नेपालले ५ खेल खेल्न बाँकी नै छ । तीमध्ये सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने तीन खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई तीन विकेटले हराएको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने हुन्छ ।

अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्क छ । नेपालले तीन खेल जित्दा ३६ अङ्क हुनेछ । ३६ अङ्क शीर्ष पाँचमा पर्न पर्याप्त हुनेछ । नेपाललाई सोझै विश्व कप छनोट खेल्न ४० अङ्क आवश्यक छ । बाँकी सबै खेल जितेमा नामिबियालाई पछि पार्दै नेपाल विश्व कप छनोटमा पुग्नेछ।

यूएईमा भइरहेको त्रिदेशीय शृङ्खलामा नेपालले पर्सि सोमवार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र यूएईबीच कीर्तिपुरमा लिग–२ को अन्तिम त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।