त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक भएका थिए । क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख थिए । प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्ण तोकिएका छन् ।