आजको मौसम : पहाडी क्षेत्रमा चट्याङ्सहित पानी पर्ने, अन्य क्षेत्रको अबस्था कस्तो छ ? 

 काठमाण्डौँ - आज पनि मौसम बदली भएको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च  पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति पनि  कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।