चिनीको सट्टा जेरो क्यालोरी चिनी खानेहरू होसियार, बढ्न सक्छ हृदयाघातको जोखिम

काठमाडौँ - क्लिभल्याण्ड क्लिनिक लर्नर रिसर्च इन्स्टिच्युटले युनाइटेड किंगडम र युरोपका करिब ४,००० मानिसहरूको नमूनामा स्वीटनरको असर देखियो। यसमा थाहा पाइयो कि केहि समयमा नै  एरिथ्रिटोलले आफ्नो प्रभाव देखाउन थाल्छ ।

रगतमा यसको मात्रा बढ्दै जान्छ, जसका कारण रगत गाढा हुने सम्भावना बढ्छ। रगत जम्ने भएकाले हृदयाघात र स्ट्रोकको जोखिम पनि छिटो बढ्छ। यो अध्ययन नेचर जर्नलमा हालै प्रकाशित भएको थियो।

अनुसन्धानकर्ताहरुका अनुसार एरिथ्रिटोलमा थ्रोम्बोसिस अर्थात् रगत जम्ने नेचर हुन्छ। यसले प्लेटलेटहरूलाई थप प्रतिक्रियाशील बनाउँछ। यही कारणले गर्दा १० प्रतिशतभन्दा कम एरिथ्रिटलले ९० देखि १०० प्रतिशतसम्म क्लट बनाउन सक्षम हुन्छ।