अबैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा, धैर्य गर्न महासंघकाे आग्रह

भैरहवा - रुपन्देहीका उद्योगी व्यवसायीले खुला सीमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रीय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिले को विषम परिस्थितिमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए।

उनीहरुले खुला सिमामका कारण भइरहेको अबैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले सीमा नाकालाई व्यवस्थित गर्दै सिमाबाट हुने अबैध व्यापारले सिमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए।

नियम पूर्वक भन्सार गरेर आएका सामानले अबैध समानासँग प्रतिस्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अबैध सामान भित्रिँदा एकातिर सीमा वारिका व्यवसाय शुन्य भएको र सरकारको राजश्व समेत कम उठेकोले यस्मा सरकार गम्भिर हुनु पर्ने बताए।

सम्भावना देखेर राज्यले गरेको लगानी भन्दा बढि कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए।