माधव नेपालका भाइ सरोजको ६ तलामाथिबाट खसेर निधन

काठमाडौं - एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार त्यहाँबाट उपाध्यायलाई अन्नपूर्ण अस्पताल लगिएको हाे ।