धादिङबेशीमा १ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाण्डौँ - जिल्ला प्रहरी कार्यालय धादिङले धादिङबेशीमा अवैध घरेलु मदिरा नष्ट गरेको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ र ८ को विभिन्न स्थानबाट बरामद गरिएको करिब १ हजार लिटर घरेलु मदिरा र करिब १ हजार ५ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय धादिङ र अस्थाई प्रहरी पोष्ट पुच्छार बजारबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बरामद गरिएको मदिरा नष्ट गरिएको जैसवारले बताए ।