अपाङ्गता र ज्येष्ठ नागरिकले ए डिभिजन लिगका सबै खेल नी:शुल्क हेर्न पाउने


 काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निशुल्क गरिएको छ ।

खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निस्शुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।