खराब कानुनका विरुद्ध जेहाड छेड्ने तयारीमा छौँ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति डा.स्वर्णिम वाग्लेले आफुहरु संसद्मा‍ खराब कानुनका विरुद्ध जेहाड छेड्ने तयारीमा रहेको बताएका छन्।

आइतबार मेलम्चीमा राष्ट्रव्यापी दबाबमूलक कार्यक्रमको सुरुवात गर्दै उनले आफ्नो पार्टी खराब कानुनको विरुद्ध लड्न संशक्त ढंगले अगाडी बढेको दाबी गरेका छन् ।

उनले संसदको लडाइँ सडकमा उतार्न यो अभियान सुरू गरेको बताए । अभियानका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासा लिने रास्वपाले जनाएको छ।

उनले भने, ‘प्रदेश, राष्ट्रिय सभा र प्रतिनिधिभाका सबै सांसद जोड्दा ८८४ जना छन्। तीमध्ये हाम्रा २० जना सांसदहरूले उठाएका आवाज ती बाँकी सबैभन्दा कडा छन् । बुलन्द छन्। किनभने हामीले उठाएका मुद्दा सही छन् र हामी जनताको पक्षमा उभिएका छौं ।’

दबाब यात्रामा  सांसदसहित २१ जनाले अगुवाइ गरेका छन्। अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।