पूर्वराजा शाह आगामी हप्ता चितवन भ्रमणमा जाने, यस्तो छ भ्रमणको तयारी !

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन्।

पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

‘श्री ५ महाराजधिराज  ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा आगामी हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ।