राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी दबाब अभियान मेलम्चीबाट आजदेखि सुरु हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि ‘देशव्यापी दबाब अभियान’सुरु गर्ने भएको छ ।

आगामी चैत २१ गतेसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट बिहान साढे १० बने उद्घाटन गर्नेछन् ।

अभियानमा सम्पूर्ण पार्टी पदाधिकारी र सांसदहरूलाई  उपस्थिति हुन निर्देशन दिएको  पार्टी उपसभापति डोल प्रसादले अर्यालले जानकारी दिए।

रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको  अर्यालले बताए ।

सिन्धुपाल्चोक–काठमाडौं दबाव यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । १ सय १३ किलोमिटर लामो सडकमा सभापति लामिछानेसहितले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिएका थिए।

भोलिदेखि संसद्को हिउदे अधिवेशन सुरु हुने भएकाले संसद् नभएको दिन मात्रै यो अभियान चल्ने उनले बताए।