उमेरअनुसार कति खानु पर्दछ खाना ?  

काठमाण्डौँ - शरीरको प्राथमिक ऊर्जाको स्रोत भनेको खाना हुन्छ । हामीले खाएको खानेकुरालाई शरीरले ऊर्जामा परिणत गर्छ ।

तपाईं आवश्यकता भन्दा धेरै खानुहुन्छ भने तौल बढ्छ र आवश्यकता भन्दा कम खानुभयो भने तौल घट्छ । तर, सन्तुलनमा खानुभयो भने तौल पनि एकनासको रहन्छ ।

एउटा व्यक्तिले कति खाना खानुपर्छ त्यसको पछाडि धेरै कारण हुन्छन् । जसमा उचाई, उमेर, लिंग, स्वास्थ्य, शरीरको बनावट र औषधिहरु सामेल हुन सक्छन् ।


खानाको मात्रा प्रायः क्यालोरीमा नाप्ने गरिन्छ । कति खाना चाहिन्छ भन्ने कुरा तपाईंको उद्दश्य के छ भन्नेमा निर्भर गर्छ । तौल कम गर्न वा तौल बढाउन ? अथवा सामान्य राख्नका लागि । यसले क्यालोरीको मात्रा निर्धारित हुन्छ ।

क्यालोरीको मात्रा सुस्त जीवनशैली अर्थात शारीरिक क्रियाकलाप नगर्नु, निम्न क्रियाशील जीवनशैली अर्थात दैनिक ३० देखि ६० मिनेट क्रियाशील रहनु र क्रियाशील जीवनशैलीको अर्थ दैनिक रुपमा ६० मिनेटको एकदमै शारीरिक क्रियाकलाप गर्ने प्रक्रियासँग हुन्छ ।

उमेर अनुसार कति क्यालोरी खाना उपयुक्छ हुन्छ भन्ने बारे जानौं । 

उमेर : १४ देखि १६ वर्ष

सुस्त जीवनशैलीका लागि २३०० क्यालोरी, निम्न क्रियाशील जीवनशैलीका लागि २७०० क्यालोरी र क्रियाशील जीवनशैली अपनाउने युवाका लागि ३१०० क्यालोरीको आवश्यकता पर्दछ ।

उमेर : १७ देखि १८ वर्ष

यो उमेरका मानिसको सुस्त जीवनशैलीका लागि २४५० क्यालोरी, निम्न क्रियाशील जीवनशैलीका लागि २९०० क्यालोरी र सक्रिय जीवनशैली अपनाउनेका लागि ३३०० क्यालोरीको आवश्यकता पर्दछ ।

उमेर : १९ देखि ३० वर्ष

यो उमेर समूहका सुस्त जीवनशैली भएकाका लागि २४५० क्यालोरी, निम्न क्रियाशील जीवनशैलीका लागि २९०० क्यालोरी र क्रियाशील जीवनशैली अपनाउनेहरुका लागि ३३०० क्यालोरीको आवश्यकता पर्दछ ।

उमेर : ३१ देखि ५० वर्ष

यो उमेर समूहका मानिसको क्यालोरी केही मात्रामा घट्छ । यो उमेर समूहमा सुस्त जीवनशैलीका लागि २३०० क्यालोरी, निम्न क्रियाशील जीवनशैलीका लागि २६०० क्यालोरी र क्रियाशील जीवनशैली अपनाउनेका लागि २९०० क्यालोरीको आवश्यकता पर्दछ ।

उमेर : ५१ देखि ७० वर्ष

यसरी उमेरसँगै क्यालोरी पनि घटाउँदै लग्नुपर्ने हुन्छ । यो समूहका सुस्त जीवनशैलीमा २१५० क्यालोरी, निम्न क्रियाशीलमा २३५० क्यालोरी र क्रियाशीलका लागि २६५० क्यालोरीको आवश्यकता पर्दछ ।

यसरी नै ७० वर्ष नाघेका व्यक्तिले सोही अनुरुप केही मात्रामा क्यालोरी घटाउनु पर्ने हुन्छ । यसरी एउटा स्वस्थ मानिसका लागि उमेरअनुसार क्यालोरीको आवश्यकता पर्दछ । यसमा रोग लागेको र कुनै औषधी सेवन गरिरहेको अवस्थामा डाक्टरको सल्लाहअनुसार खानपिन तथा क्यालोरी लिनुपर्ने हुन्छ । माथि दिइएको कुरा सामान्य जानकारी मात्र हो ।