भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

काठमाडौं - भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहीबार दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।

उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।