यस्तो छ तपाईंको मंसिर १७ गते आइतबारको राशिफल

आज वि.सं २०८० मंसिर १७ गते आइतबार, ई.सं. २०२३ डिसेम्बर ३, तिथि- मार्ग कृष्णपक्ष षष्ठी, अश्लेषा- नक्षत्र, ऐन्द्र- योग, वणिज- करण, चन्द्रराशि- कर्कट, सूर्योदय : ६ः३९, सूर्यास्त १७ः०६ ।

मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

सिंह : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।

कन्या : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

धनु : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।

मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।