चितवन रत्ननगरमा भद्रकाली मन्दिर संरक्षण : बागमती प्रदेश सरकारबाट दस लाख सहयोग 

धादिङ - श्री भद्रकाली मन्दिर संरक्षण समितिका अध्यक्ष निराजन घिमिरेको अध्यक्षतामा एक कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि हेमराज थापाको आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । शनिबार रत्ननगर नगरपालिका वडा अध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भद्रकाली मन्दिर संरक्षणका लागी पहल भएको छ । शनिबार भएको छलफलमा समितिको भेला तथा छलफलबाट जगन्नाथ नेपाललाई अध्यक्षमा चयन गरेको सचीव अनुप बुढाथोकीले जानकारी दिए ।  

कार्यक्रममा बागमती प्रदेश सरकारबाट दस लाख रत्ननगर १६ भद्रकाली मन्दिर संरक्षण गर्नका निम्ति छुट्याइएको छ ।  बजेट सिमित हुने र काम धेरै भएकाले पनि भनेको र सोचेको जस्तो नहुने भएतापनि समिति एकजुट भएर लाग्न समितिका सदस्यहरु एकजुट भएका छन् । आफ्नो साथ सहयोग सधै जनतासमक्ष रहने बताउँदै रत्ननगर वडा नं १६ मा रहेको भद्रकाली मन्दिरलाई पर्यटन धाम बनाउने समेत रत्ननगर नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हेमराज थापाले जानकारी दिए ।