मलद्वारमा लुकाएर लागुऔषध तस्करी, उदयपुरबाट पाँचजना पक्राउ

 उदयपुर - मलद्वारमा लु्काएर लागुऔषध जिल्ला भित्र्याउने क्रममा प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका( ६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका (६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको हो ।

त्यस्तै सोही ठाउँका ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय विशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

प्रहरीले सोही ठाउँका ३२ वर्षीय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद गरेको छ । ३२ वर्षीय प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको उनले बताए ।