सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुन सोमबारकै मूल्यमा कारोबार भएको हो ।

अर्थात् सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।