आजको शेयर बजार : नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर घट्दै

काठमडाौँ - आज शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो ।

बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा २०८९.८४ को विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त, जीवन बीमा लगायतका उपसूचकमा सामान्य वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लगायतका उपसूचकमा भने गिरावट भएको छ ।

बैंकिङ उपसूचक ०।४५ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशत र व्यापार उपसूचक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ । यता निर्जीवन बीमा उपसूचक ०.४५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.५२ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.५७ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ ।

लगातार चौथो दिन पनि कारोबार रकम २ अर्बबाट तल झर्दा बिहीबार पौने २ अर्बमा सीमित भएको हो । ४० हजार ७७४ वटा कारोबारमा ५१ लाख ३० हजार ५२० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाखको कारोबार भएको छ ।