सत्तारूढ दलको बैठक ४ बजे बस्दै, फेरि मन्त्रिपरिषद् विस्तार हुन सक्ने 

काठमाडौँ - लामो समयपछि सत्तारूढ दलको बैठक आज ४ बजेका लागि डाकिएको छ ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा मुख्यत जनमत पार्टीलाई रिझाउनका लागि छलफल हुने बताइएको छ । आइतबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर मन्त्रिपरिषद्‍मा जसरीपनि सहभागी गराउन आग्रह गरेका थिए । 

अध्यक्ष राउतले जतिसक्दो चाँडो मन्त्रिपरिषद्‍मा आफ्नो पार्टीलाई सहभागी हुन् पार्टीभित्रैबाट ठूलो दवाब आइरहेको र त्यो दवाब आफूले थेग्न नसकिरहेको बताएका थिए ।