राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक २०७९’ पारित

काठमाडौँ - राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक २०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

बैठकमा सांसदहरूले आवश्यकता र औचित्यका आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।