अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना कति ? सेयर लगानीकर्ता उत्साहित 

काठमाडौँ - नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएसँगै अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना बढेको छ ।
नयाँ समीकरणअनुसार बन्ने कांग्रेस एमालेको सरकारमा पौडेल अर्थमन्त्री बन्ने सम्भावना बढेको हो । नयाँ सरकार बनाउन सोमबार मध्यराती प्रारम्भिक सहमति भएको छ ।

हमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । एमालेले अर्थमन्त्रालसहित ९ वटा मन्त्रालय लिने सहमति भएको छ । यस्तै, दोस्रो चरणको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । पहिलो चरणमा कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति भएको थियो ।

कुन मन्त्रालय कसको भाग पर्ने टुंगो नलागे पनि अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेको हो । पौडेल सेयर लगानीकताले पनि निकै रुचाइएका व्यक्ति हुन् । यस्तै, स्वदेशी र विदेशी उद्योगपतिसम्म अनुकुल एवम् समन्वयकारी भूमिकामा देखिएका छन् ।