उपाध्यक्ष पाण्डेलाई एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल राजनितिक भ्रमणका लागी आज श्रीलंका प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल देशबाहिर हुने भएपछि उपाध्यक्ष पाण्डेलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिईएको पार्टी स्रोतले बताएको छ ।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित् कार्यक्रम र दक्षिण एसियाली कम्युनिष्ट तथा बामपन्थी पार्टीहरुको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलंका गएका हुन् ।