राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने  

 काठमाडौँ - संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद भवन, नयाँ वानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।