आज पनि बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ? 

काठमाण्डौँ - नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।
 
मंगलबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो ।