भारतको चार दिने औपचारिक भ्रमण पूरा गरि प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन्।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए भने उनी सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदूतवासले आयोजना गरेको रात्री भोजमा सहभागी हुन पुगे।

जेठ १८ गते प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। सोही दिन नेपाल-भारतका बिचमा ७ बुँदे सहमतिसमेत भएको थियो। मुख्यतः सो सहमतिमा नेपालको जलविद्युत भारतमा निर्यात गर्ने बिषयलाई प्राथमिकता दिएको थियो। भारतसँग भएको सहमति अनुसार १० बर्षमा भारतले १० हजार मेघावाट बिजुली खरिद गर्ने जनाएको थियो। भारतीय प्रधानमन्त्रीले पहिलाे पटक सीमा बिबादका बारेमा बाेल्दै समस्या हल गर्ने जनाएका थिए।

जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पूजाअर्चना गर्न पुगेका थिए। भारतका १२ ज्योर्तिलिङ मध्ये एक महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका प्रचण्डले नेपालवाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैया दानसमे गरे।

उनले सो क्रममा मन्दिर भित्र पूजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दैै आरतीसमेत गरेका थिए। दिउँसो इन्दाेर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एशियाको सबैभन्दा ठूलो नेप्रा र सिएनजी प्लान्टको अवोलकन गरेका थिए।