प्रधानमन्त्री प्रचण्ड साढे चार बजे दिल्लीबाट नेपालका लागि प्रस्थान गर्ने

काठमाडौँ -चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदैछन् ।

प्रचण्ड अपराह्न ४:३० बजे दिल्लीबाट नेपाल एअरलाइन्सको जहाजबाट नेपालका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रधानमन्त्री साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । प्रचण्ड जेठ १७ गते भारत गएका थिए ।