बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै

हेटौँडा- बागमती प्रदेश सभा सचिवालयको आह्वानमा आज हेटौँडामा सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१र८२ का लागि प्रि–बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । साथै प्रदेशसभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचनका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा छ ।