वाणिज्य बैंकहरूको सम्पत्ति ६६ खर्ब पुग्यो, कुन बैंक कति ? 

काठमाडौँ - वाणिज्य बैंकहरुको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा २० वटा बैंकहरुको कुल सम्पत्ति ६५ खर्ब ९६ अर्ब ८१ करोड ५ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको चैत मसान्तसम्मको तुलनामा भने ६ खर्ब ८१ अर्ब ७२ करोड रुपैयाँ ७.२९ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकहरुसँग कुल ५९ खर्ब १५ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको थियो ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न डेरिभेटिभ वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।