गुल्मीको चन्द्रकोटमा अब पशुचौपाया बिक्री गर्न नपाइने

 काठमाडौँ - गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ ।  गाउँपालिकाले आज  एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु विषेश गरी भैंसीको बिक्री वितरण तथा ओसारपसार नगर्न नगराउन अनुरोध गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया विशेष गरी भैंसीहरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भइरहेको सम्बन्धमा यसको नियन्त्रण र नियमनका लागि अर्को व्यवस्था नभएसम्म पशु चौपाया बिक्री तथा ओसारपसार नगर्न अनुरोध छ ।’