झापामा छात्रामाथि गोली प्रहार, एक युवक फरार 

काठमाडौँ - झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन् । 

शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन् । गोली हानेर ती युवक भागेको छन् ।  फरार युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । छात्रार्को दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।