उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

 काठमाडौँ - उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गरेको प्रकरणमा जोडिएपछि पाण्डे पनि पक्राउ परेका हुन् ।

मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । यस्तै चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए ।