रास्वपा सचिवालयको बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । 

बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ । वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । 
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ ।