'माओवादी केन्द्रको व्यवहार देखेर हामी आजित छौँ' : माधवकुमार नेपाल

काठमाडौँ - नेकपा माओवादी केन्द्रको व्यवहार देखेर आजित भएको माधवकुमार नेपालले बताएका छन् । आज विहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

नेपालले कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको दुखेसो गरे । उनले माओवादी केन्द्रको केन्द्रदेखि प्रदेशसम्म देखाएको दम्भले आफूहरु दुखि भएको बताए ।