प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार, को-को थपिए नयाँ मन्त्री ?

काठमाडाैँ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेसका तीनजना मन्त्री नियुक्त गरेका हुन् ।

काँग्रेसका धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिलबहादुर लिम्बु मन्त्री नियुक्त भएका हुन् ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा लिम्बु नियुक्त भएका छन् ।