हिमपहिरोमा बेपत्ता ६ जनाको बिहानैदेखि खोजी जारी 

 काठमाडौँ - हिमाली जिल्ला दार्चुला र बझाङमा हिमपहिरोमा परि बेपत्ता ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ ।

दार्चुलामा चार जना महिला र एक पुरुष गरी ५ जना तथा बझाङमा एक महिला गरी ६ जना बेपत्ता छन् । उनीहरु सबै यार्सा टिप्न पाटन गएका बेला हिजो दिउँसो हिमपहिरोमा परेका थिए । दार्चुलाको भोलिङमा हिमपहिरोमा परी बेपत्ता हुनेमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।