सहकारी समस्या समाधान गर्न समिति गठन गर्ने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न प्राथमिकता दिँदै अध्यक्ष नियुक्त गरेको हो ।

बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।