११ सयले घट्यो सुन, चाँदी स्थिर हुँदा तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - सुनको भाउ शुक्रबार प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा १ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तय भएको छ ।

अघिल्लो दिन १ लाख ३६ हजार ५ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य ३ हजार ९ सय रुपैयाँ घटेको छ ।

त्यस्तै चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मुल्य प्रतितोला १ हजार ६४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । वैशाख ९ गते चाँदीको भाउ प्रतितोला १ हजार ७४० रुपैयाँसम्म पुगेको थियो ।