देशभर वायु प्रदूषण अत्यधिक बढ्दो, मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, यात्रा नगर्न अनुरोध गरिएको छ । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स– र्‍याकिङ्ग’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा रहेको छ । 

वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम बढाउने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणले गर्दा कम तौल भएको र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत समेत हुने विज्ञप्तिमा उल्लेख छ ।