दार्चुला हिमपहिरो अपडेट : तीनजनाको शव भेटियो, अन्यको खोजीमा सकस

काठमाडौँ - मंगलबार दार्चुलाको व्यास गाउँपालिकामा १ मा गएको हिम पहिरोमा परेर बेपत्ता भएका पाँचजनामध्ये तीनजनाको शव फेला परेको छ ।

छाङरुमा रहेको सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा तीनजनाको शव फेला परेको हो । दुई महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन बाँकी छ । अन्य दुईजनाको खोजी जारी राखिएको बताइएको छ ।