इलाम- २ को उपनिर्वाचनका लागि न्यायाधीश घिमिरेलाई तोकियो मुख्य अधिकृत 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो। 

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।