हुम्लामा हिमपात

 हुम्ला - कर्णाली प्रदेशका विभिन्न जिल्लामा शनिबारदेखि हिमपात सुरू भएको छ ।

उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात भएको हो। यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो। शनिबार रातिदेखि हिमपात भएपछि आइतबार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ ।