कसैले धराप थाप्न पर्दैन, याे सरकार पाँच बर्षसम्म रहन्छ : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने बताएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताउन भूमिका खेलेको भन्दै उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा समेत गरेका छन् ।