अमेरिकी डलरको मूल्य बढ्यो, युरोको घट्यो

काठमाडौँ - शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको थियो।

युरोपियन युरोको मूल्य घटेको छ। युरोपियन युरोको एकको खरिददर १३९ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४० रूपैयाँ ६१ पैसा कायम गरिएको छ। बुधबार युरोपियन युरोको एकको खरिददर १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा रहेको थियो।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०८ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रूपैयाँ २८ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६४ पैसा र विक्रीमा १० रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ।