मिडियाहरू चर्चित नेता र चर्चाको विषयमा मात्रै केन्द्रित भए : सभामुख घिमिरे

काठमाडाैं - सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन् । 

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका सवाल’ विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्ताे बताए । उनले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भएपनि सञ्चार माध्यमहरुले सोही अनुसार प्रचारप्रसार नगरेको बताए । 

उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताए ।