'होली पर्व सभ्य एवं सुरक्षित तवरले मनाऔँ' : धादिङ प्रहरी

 काठमाण्डौँ - जिल्ला प्रहरी कार्यालय धादिङले होली पर्व सभ्य एवं सुरक्षित तवरले मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आज एक सन्देश जारी गर्दै धादिङ प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

कसैको इच्छा विपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोर पानी प्रयोग नगर्न, महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन पनि आग्रह गरेको छ ।

त्यसैगरी अशक्त, महिला,बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई दुव्र्यवहार नर्गन, रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा पकेटमारी लुटपाट जस्ता घटनाहरु हुने सम्भावना भएकाले सावधान रहन पनि भनेको छ । 

 कुनै पनि आपराधिक गतिविधि हुन लागे वा भएको थाहा भए नेपाल प्रहरीको हटलाइन १०० मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । प्रहरीले नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।